
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरूद्ध घेराबन्दी भएको बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले महामन्त्रीहरूका विरूद्ध पार्टीमा घेराबन्दी भएको बताउनुभएको हाे । उहाँले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाउनु भयो । उहाँले संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र सबै मिल्ने काम भएको बताउनु भयो ।
उहाँले पार्टी कार्यालयको घेराबन्दी सानो भएको र आम कार्यकर्ताको घेराबन्दी ठूलो भएकाले आम नागरिकले त्यसको छिनोफानो गर्ने जिकिर गर्नुभयो । महामन्त्री थापाले संख्याको आधारमादम्भ राखेर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको बताउनु भयो ।