नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउँछ : प्रधानमन्त्री कार्की

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउँछ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखि शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको हो । अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको बताउनु भयो । 

उहाँले प्रत्येक नागरिकले देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका साथ भूमिका खेल्नुपर्ने बताउनु भयो । निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ । प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीवोधका भूमिका खेल्नुपर्नेछ । समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ । यसका लागि तपाईंहरूले पनि भुमिका खेलिदिनुहोस् ।’

निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्ने उहाँले बताउनु भयो । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउने उहाँले दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.