कांग्रेस प्रदेश सभापतिहरूको आग्रह : विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा जुटौँ

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस प्रदेश सभापतिहरूको आग्रह : विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा जुटौँ

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका सिंगो पंक्तिलाई आह्वान गरेको छ ।

कोशी प्रदेशका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले संयुक्त वक्तव्य जारी गर्दै पार्टीको नियमित महाधिवेशन र निर्वाचनमा तयारीमा एकताबद्ध भएर जुटन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका हुन् । 

पार्टी केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन गर्ने निर्णय गरेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएकाले एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको पार्टीका सुदूरपश्चिम प्रदेशका सभापति बलायरले बताउनु भयो ।

यता पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश समूहले भने विशेष महाधिवेशन गर्ने भन्दै त्यसको तयारीलाई तिव्रता दिइरहेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.