
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलमा आइतबार भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभएको छ । त्यसबाहेक दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल भए पनि टुङ्गो लागिसकेको छैन।
संयोजक दाहालले फागुन २१ को निर्वाचनमा प्रमुख सबै दलले संविधानलाई सही दिशामा ल्याउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । भेटमा ओलीले सरकार नै निर्वाचनको वातावरण बनाउन तयार नभएको र नेताहरूमाथि लगाएको स्थानहद कायमै राखेको अवस्थामा निर्वाचन सहज नभएको बताउनुभएको थियो ।