
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछाप जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा ४ दशमलब ३५ प्रतिशतभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।
२ नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ६४ वडा रहेको रामेछापमा यसपटक मतदाता संख्या बढेसँगै दुईवटा मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा १ लाख ८० हजार १ सय ६ जना मतदाता रहेका थिए।
हाल ७ हजार ८ सय ४६ जना मतदाता थपिएपछि कुल मतदाता संख्या १ लाख ८७ हजार ९ सय ५२ जना पुगेको छ।