
काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समय सकिएको छ ।
धरौटी बापतको रकम तिरेर प्रारम्भिक प्रक्रिया पूरा गरेका धेरै जसो दलहरूलाई अहिलेसम्म पनि बन्द सूची बुझाउन भ्याइनभ्याइ छ । बन्दसूची बुझाउन निर्वाचन आयोगले दलहरूलाई १३ र १४ गतेको समय दिएको थियो । अहिलेसम्म नेकपा एमालेसहित करिब दुई दर्जन दलले बन्दसूची बुझाइसकेका छन्।
नेपाली कांग्रेस र रास्वपासहितका धेरै दलहरू अहिले पनि निर्वाचन आयोगमा सूची मिलाउने काम गरिरहेका छन् । दलहरूले दिनभर आयोग परिसरमा बसेर समेत सूची मिलाउने काम गरिरहेका थिए । निस्सा लिएका दलहरूलाई मध्यरात १२ बजेसम्म पनि सूची बुझाउने समय दिइने जनाएको छ ।