लुम्बिनीमा ३ दिने न्युज फेस्टिबल

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनीमा ३ दिने न्युज फेस्टिबल

रुपन्देही । लुम्बिनीमा ३ दिने न्युज फेस्टिबल जारी छ। 

लुम्बिनी प्रेस क्लब रूपन्देहीको आयोजनामा हिजो सुरु फेस्टिबलको तेस्रो संस्करणको आज लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक उद्घाटन गर्नुभयो। 

लुम्बिनीको पर्यटन र आर्थिक सम्वृद्धिलाई केन्द्रमा राखेर आयोजित फेस्टिवलमा नेपाल र भारतका ५० भन्दा बढी पत्रकार र सम्पादकदसहित लुम्बिनी र छिमेकी प्रदेशका व्यवसायी, सरकारी प्रतिनिधि, अध्ययता र संस्कृतिकर्मीको सहभागिता छ। 

फेस्टिवलमा सिमापार सम्बन्धको आवश्यकता र सम्भावना, लुम्बिनीमा लगानी र पर्यटनको सामर्थ्यका साथै मिडिया र पत्रकारिताका विषय बहस हुँदैछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.