
काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताउनुभएको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताउनुभएको हो । उहाँले जनता र देशका लागि वैकल्पिक शक्तिहरू कार्यगत एकता गरेर जानुपर्ने बताउनुभएको हो । घिसिङले वैकल्पिक शक्ति एक बनाउने विषयमा शनिबार साँझसम्म पनि छलफल गर्नुभएको थियो ।
आइतबार झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महागरका प्रमुख बालेन्द्र शाहबीच ७ बुँदे सहमति भएको छ। तर लगातार संवादमा रहेका कुलमान घिसिङ भने उक्त सहमतिमा सहभागी हुनुभएन ।