राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै

काठमाडौं । रष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरू सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसद्का उपसचिव अधिराज राईले जानकारी दिनुभयो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा गत भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्‍याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो । 

उहाँले अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको बताउनु भयो । उहाँले अब एकहप्ता भित्र सभाको बैठक सञ्चालनका लागि बैठक कक्ष तयार भइसक्ने बताउनु भयो । उहाँले दर्शक र सञ्चारकर्मीहरूको सहजताका लागि समेत कार्य भइरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.