
काठमाडौं । काठमाडौं महानगरपालिकाको १८औँ नगर सभाले भवन निर्माण मापदण्ड, २०८० संशोधन गरेको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बसेको नगर सभाकाे बैठकले भवन निर्माण मापदण्ड, २०८० पारित गरेको हो । योसँगै अब सार्वजनिक भवन निर्माण गर्दा कार्यालयको आवश्यकता अनुसारको भवन बनाउन सकिने भएको हो । सोही अनुसार महानगरले स्वीकृति प्रदान गर्नेछ ।
यसअघि सार्वजनिक भवन नर्माण गर्दा एकै किसिमको मापदण्ड थियो । बैठकले काठमाडौं महानगर सहकारी ऐन, २०७४ पनि संशोधन गरेको छ । त्यस्तै महानगर प्रहरी ऐन, २०८० पनि संशोधन गरेको हो । बैठकले चालू आर्थिक वर्षको बजेट संशोधन प्रस्ताव पनि पारित गरेको छ । नगरसभा अघि बसेको कार्यापालिका बैठकले ९ एजेन्डा तय गरेको थियो ।