रवि-बालेन्द्र पक्षबीच निर्णायक वार्ताको तयारी

पार्टीमा वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूचीलगायत विषयमा दोस्रो तहका नेता छलफलमा
आजै सहमति गरिने
पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि-बालेन्द्र पक्षबीच निर्णायक वार्ताको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच शुक्रबार निर्णायक वार्ता हुने भएको छ ।

दुबै पक्षका नेताहरूले सहमतिका लागि खाका तयार पार्ने काम गरिरहेका छन् । सहमति हुने स्थितिमा रवि र बालेन्द्रबीच समेत कुराकानी हुने रास्वपाका एक नेताले बताए । बालेन्द्रले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसमेत आफ्नो पक्षमा रहेको भन्दै एकमुष्ट सहमति गर्न खोज्नुभएकाे छ। 

नेताहरूकाअनुसार अहिले हुन लागेको समझदारीमा चुनावपछि प्रधानमन्त्री को बन्ने, पार्टी वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूचीलगायतका विषयमा समेत निर्क्यौल गरिनेछ । ललितपुरको ज्वागलस्थित एक घरमा बालेन्द्रले बुधबार राजनीतिक भेटघाट गर्नुभएको थियो ।

बालेन्द्रले राजनीतिक गृहकार्य थालेपछि बुधबार रास्वपा सभापति रविले ज्वागलमा पुगेर बालेन्द्रसँग पुनः भेट गर्नुभएको थियो । त्यसपछि दुबैतर्फका दोस्रो वरीयताका नेताहरूले बालेन्द्र र रविलाई एक ठाउँमा ल्याउन छलफलका लागि जुटेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.