तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले काट्यो बयानका लागि पत्र

सात दिनभित्र उपस्थित भएर बयान दिनुपर्ने, ओलीलाई पनि पत्र पठाउने तयारी
पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले काट्यो बयानका लागि पत्र

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ ।

तत्कालीन गृहमन्त्री लेखकलाई आयोगमै सात दिनभित्र उपस्थित भएर बयान दिन भनेर मंगलबार पत्र काटिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरेको छ ।

आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान लिइसकेको छ । अब राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरू भएको हो । त्यसैअनुसार तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको आयोगले जनाएको छ ।

भदौ २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगको तीन महिने म्याद सकिएपछि एक महिना थप गरिएको छ । यता मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.