काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्था बन्द

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्था बन्द

काठमाडौं । आज काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्था बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेसँगै अधिकांश विद्यादय बन्द भएका हुन् ।

१८ बुँदे माग राखेर जनपक्षीय विद्यार्थी युनियनले हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् । निजी विद्यालयका छाता संस्थाहरूले पनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा औपचारिक निर्णय गरेका छैनन् । 

प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् । हड्ताल घोषणा गर्ने युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भनिएको छ । उसले निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत घराउन माग गरेको छ ।

यसका साथै विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोट हाल्न पाउनु पर्ने लगायतको १८ बुँदे माग राखिएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.