गुणस्तरीय र बढी दूध उत्पादन गर्ने किसान सम्मानित

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
गुणस्तरीय र बढी दूध उत्पादन गर्ने किसान सम्मानित

धनकुटा । गुणस्तरीय र बढी दूध उत्पादन गर्ने किसानलाई धनकुटामा सम्मानित गरिएको छ । 

धनकुटाको हिलेमा सञ्चालित चञ्चलादेवी बहुउद्देश्यीय दूग्ध उत्पादन सहकारी संस्थाले आफ्नो ३१औं साधारणसभाको अवसर पारेर आइतबार तीन जना किसानलाई पुरस्कृत गरेको हो । 

गएको आर्थिक वर्षमा जनही ९ हजार लिटर दूध उत्पादन गरेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा यो संस्थाले ३ करोड ३६ लाख रूपैयाँको दूध बिक्री गरेको व्यवस्थापक भीमबहादुर मल्लले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.