
जनकपुर । मधेश प्रदेश सभाको सभाभुखमा जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित हुनुभएको छ ।
सभामुख चयनका लागि आइतबार बसेको प्रदेश सभाको बैठकमा सात दलीय गठबन्धनबाट सभामुखका उम्मेदवार यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यको मत परेको हो । अर्का उम्मेदवार नेकपा(एमाले)का त्रिलोकीप्रसाद चौधरीले २४ मत प्राप्त गर्नुभयो । बैठकमा ९६ जना प्रदेश सभा सदस्य उपस्थित थिए । उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले यादवको पक्षमा मतदान गरेपछि सभामुखमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।
पहिलो प्रस्तावमै बहुमत सदस्यले पक्षमा मतदान गरेपछि दोस्रो उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने अवस्था आएको थियो । एमालेका त्रिलोकीप्रसादले सभामुखमा उम्मेदवारी दिनु भएको थियो । सभामुखमा विजयी यादव जसपा नेपालका तर्फबfट धनुषा प्रतिनिध सभा निर्वाचन क्षेत्र नम्बर २ 'ख'बाट निर्वाचित हुनुभएको हो ।