जेन-जीहरूले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन

पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जीहरूले स्वर परिवर्तन गर्न थाले : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेन-जीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउनु भयो । तर जेन-जीहरूले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर स्वर निकालिरहेको उहाँले बताउनु भयो । 

यस्तो गर्न नपाइने मेयर महर्जनको भनाइ छ । निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेन-जीहरूले पनि सहयोग गर्नुपर्ने उहाँकाे भनाइ छ । महानगर प्रमुख महर्जनले जेन-जीहरूको बुद्धि पलाउन बाँकी रहेको र निर्वाचन सफल गराउन सहयोग गर्नैपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.