एमालेको नयाँ नेतृत्व चयनका लागि भाेलि बिहान ८ बजे मतदान हुने

पुस १, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको नयाँ नेतृत्व चयनका लागि भाेलि बिहान ८ बजे मतदान हुने

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका मतदान बुधबार मतदान हुने भएकाे छ । 

विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै बुधबार बिहान ८ बजेदेखि सुरू गर्ने गरी मंगलबारकाे मतदान प्रक्रिया स्थगित गरिएको हो । केपी ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा बुधबार बिहान ८ बजेदेखि मतदान हुने घोषणा गरेका थिए । ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ । मतदानको समय यसअघि बिहान ११ बजे, मध्यान्ह १२ बजे, दिउँसो ३ बजे, ४ बजे र साँझ सात बजे हुँदै अहिले ८ बजे र त्सपछि बुधबारका लागि सारिएकाे बताइएकाे छ । 

मतदानका लागि ८० ठाउँमा विद्युतीय मतपत्र राखिएको छ । बाहिर पूर्वअभ्यासका लागि १० वटा नमुना मतपत्र राखिएको छ । एकजनालाई मत खसाल्न कम्तिमा २० मिनेट लाग्ने प्रतिनिधिहरूले बताएका छन् । एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी परेको छ । पाँच उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी एक महासचिवका लागि दुइजनाको उम्मेदवारी दिएका छन् भने तीन उपमहासचिवमा सात जना उम्मेदवार छन् । ९ सचिव पदका लागि २० जना प्रतिस्पर्धामा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.