
काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेद्वार बनेको दाबी गर्नुभएको छ ।
सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने बताउनु भयो । उहाँले जनताको बहुदलिय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिस्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रूपमा लिन नहुने उहाँको भनाइ छ ।
उहाँले पार्टीलाई थप व्यवस्थित र पार्टी नेतृत्व अपडेट गर्नुपर्ने आवश्यकता रहेको व्यहोरा पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।