.png&w=1000&height=550)
काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनबाट पारित गरेको पार्टी विधान कार्यान्वयनमा नआउँदै उल्ट्याएको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले यसअघिकै १९ पदाधिकारीसहित ३ सय एक सदस्यीय कमिटी कायम राख्ने निर्णय गरेको हो । एमालेको ११औं महाधिवशेनको बन्दसत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहाचिव र नाै सचिव राख्ने निर्णय गरेको हो ।
अब एमालेमा ९९ सय सदस्यीय पोलिटव्युरोको एक तिहाइ स्थायी समिति तथा ३०१ सदस्यीय केन्द्रीय कमिटी कायम हुनेछ। गत भदौ २२ मा सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो । त्यो निर्णय कार्यान्वयन नुहँदै उल्टिएको छ ।
विधान महाधिवेशनको निर्णय कार्यान्वयन नहुँदै आफू अनुकूल नेता व्यवस्थापनका लागि पदाधिकारी संरचना बनाएको भन्दै वरिष्ठ अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूहले आपत्ति जनाएको छ । शनिबारबाट सुरू भएको एमालेको एघारौं महाधिवेशनले आइतबारदेखि नयाँ नेतृत्व चयनका लागि बन्दसत्र प्रक्रिया सुरू गर्दैछ ।
बन्द्र सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन भएको थियो । नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समूह नै बनाएर चुनावी मैदानमा उत्रँदैछन् ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधि महाधिवेशन बन्दसत्रमा सहभागी हुनेछन् । महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ । त्यस्तै, महाधिवेशन प्रस्ताव तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ ।