म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

मंसिर २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
म्यानमारको अनलाइन स्क्यामिङ : ४७ नेपाली श्रमिकको उद्धार

काठमाडौं । म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ नेपाली श्रमिकको उद्धार गरिएको छ ।

म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका नेपाली श्रमिकको उद्धार गरिएको हो । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्काएको हो ।

उद्धार गरिएकामध्ये विभिन्न २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ पुरूष तथा २ जना महिला छन्। उनीहरू १७ वर्षदेखि ४१ वर्षसम्मका रहेको दूतावासले जनाएको छ । म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई ती केन्द्रहरूबाट उद्धार गरेको हो । 

दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई नेपाल पठाएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड-म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.