पोखरा विमानस्थलको मुद्दामा धरौटीमा छाड्न आदेश भएर पनि किन मुक्त भएनन् प्रदीप अधिकारी ?

मंसिर २४, २०८२ |किरण पौडेल
पोखरा विमानस्थलको मुद्दामा धरौटीमा छाड्न आदेश भएर पनि किन मुक्त भएनन् प्रदीप अधिकारी ?

काठमाडौं । नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा नागरिक उड्डयन प्राधिकरण क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि जेल पठाएको विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दामा मंगलबार विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठको इजलासले आदेश दिएको हो । नलिन्चोक हेलिपोर्टमा भएको भ्रष्टाचार मुद्दामा गत आइतबार विशेषका न्यायाधीशहरू हेमन्त मल्ल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको ईज्जलासले आदेश दिएका हो । नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा अधिकारी हाल डिल्लीबजार कारागारमा हुनुहुन्छ । पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा धरौटी बुझाए पनि नलिन्चोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश भएकाले अधिकारी जेलमुक्त भने हुनु हुने छैन । 

मंगलबारको थुनछेक आदेशमा प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख धरौटी माग भएकोमा निज प्रतिवादी अर्को मुद्दामा थुनामै रहेको र  इजलासबाट माग भएको धरौटी रकमसमेत नबुझाएको बिशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले कान्तिपुर समाचारलाई  बताउनुभयो । अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटी माग भएकोमा धरौटी रकम बुझाएर जानुभएको उहाँले बताउनुभयो । 


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।