सिरहामा झाडीभित्र एक किशोरीको शव फेला

मंसिर २२, २०८२ |विनय आजाद
सिरहामा झाडीभित्र एक किशोरीको शव फेला

सिरहा । सिरहामा झाडीभित्र एक किशोरीको शव फेला परेको छ । 

सिरहाको कर्जन्हा नगरपालिका-२ स्कुल टोल छेउको नहरस्थित झाडीमा सोमबार दिउँसो किशोरी शव फेला परेको हो । मृतक किशोरी कर्जन्हा-१ बल्टियाका सूर्यदेव वैद्यकी १८ वर्षीया छोरी अविना वैद्य हुन् । अहिले घटना मुचुल्का गर्ने काम भइरहेको र त्यसपछि शव पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीको हत्या भएको आशंका छ । यद्यपि, घटनाको अनुसन्धान भइरहेको र विस्तृत तथ्य अनुसन्धानबाटै खुल्ने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताउनुभयाे । 'किशोरीको शवको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,' डीएसपी पालले कान्तिपुरसित भन्नुभयाे, 'यद्यपि, घटनाको अनुसन्धान भइरहेकै छ, विस्तृत कुरा त्यसपछि खुल्छ ।'


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।