
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। टियू क्रिकेट स्टेडियममा चितवन राइनोजलाई ४९ रनले पराजित गरेर सुदूरपश्चिले एक खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको हो। यही खेलको नतिजाको कारण अंकतालिकाको तेस्रो स्थानमा रहेको विराटनगरले पनि प्ले अफमा स्थान सुरक्षित गरेको छ। अब शीर्ष चारमा पुग्ने एक टिमको मात्रै टुंगो लाग्न बाँकी छ।
आज टियूमा टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो। ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। रन्जित कुमारको शिकार हुनुअघि विनोदले क्रिस लिनसँग ४६ रनको साझेदारी गरेका थिए। इशान पाण्डे र हरमित सिंह समान एक एक रन तथा आज डेब्यु गरेका पुनित मेहेरा १३ रनमा आउट भए। क्रिस लिने इनिङ सम्हालेर ५६ बलमा ७५ रनको विवेकसिल ब्याटिङ गरे। उनी रिटायर्ड हर्ट भएर बाहिरिए। अन्तिममा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अविजित समान २४–२४ रन बनाएका थिए।
चितवनका सेफ जैबले समान दुई-दुई विकेट लिए
जवाफमा चितवनका तीन खेलाडी रनआउट र पुनितले तीन विकेट लिएपछि चितवनले एक सय २० रनमा समेटियो। शीर्ष क्रमका अर्जुन साउँद १६, डाविड मलान र सेफ समान ६–६ रनमा आउट भए। रबी बोपारले २९ रन बनाए भने कुशल मल्लले १५ रन जोडे। उनीहरुले इनिङमा लामो पारी खेल्न सकेनन्। देव खनालले १९ बलमा २८ रन जोडे पनि विकेट टिकेर खेल्न सकेनन्। सुदूरका बलरले दबाब थेग्न नसकेपछि तल्लो क्रमका कुनै ब्याटिरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरका दिपेन्द्र, हिक्मत, अभिनाषे बोहरा र इशानले एक एक विकेट आफ्नो नाम गरेका थिए। यो जितपछि सुदूरले ६ खेलबाट १२ अंक बनाएको छ। अब शनिबार हुने विराटनगर सुदूरको खेलपछि क्वालिफायरमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।
एनपीएल अन्तर्गत अहिले जारी लिगको २४औँ खेलमा चितवन राइनोजले लिग लिडर सुदूरपश्चिम रोयल्सँग प्रतिस्पर्धा गरिरहेको छ । टीयू क्रिकेट मैदानमा यो खेल दिउँसो ४ बजे सुरु भएको हो।
टियूमा अहिले चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ। त्यसैगरी, सुदूरपश्चिमले ब्याटिङबाट खेल सुरु गरेको छ।
पछिल्लो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको चितवनका लागि यो खेल जित्नै पर्ने दवाव छ । आज पराजित भए प्लेअफमा पुग्ने चितवनको सम्भावना निकै न्युन हुँने छ । जित हात पारेपनी अधिक्क्तम ८ अंक सम्म पुग्न सक्ने भएकाले चितवनका लागी नेट रन रेट पनी निकै महत्वपूर्ण हुने छ । गत सिजन यि दुई टोलबिचको भिडन्तमा चितवनले सुदूरको अपराजित यात्रामा पूर्णविराम लगाउँदै ३३ रनको जित हात पारेको थियो । अन्तिम छ मध्ये पाँच खेलमा दोस्रो ब्याटिङ गर्ने टोलीले जित निकालेको कारण आज टस जित्ने टोलीले बलिङ रोजेको हो। अहिले लिगमा सुदूरपश्चिम १० अंक सहित लिगको शीर्ष र चितवन ४ अंक सहित छौटौ स्थामा छ । सुदूरपश्चिम आजको जितसहित क्वालिफायरमा स्थान बनाउने योजनामा छ।