
काठमाडौै । ज्यापू संस्कृति विकास कोषले यस वर्षको ज्यापू प्रतिभा पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बुलाई प्रदान गरेको छ ।
२२ औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा आज काठमाडौको बसन्तपुरमा आयोजित कार्यक्रममा सञ्चारको माध्यमबाट नेवार समुदायको उत्थान र कला-संस्कृति सम्पदाको जगेर्नामा उल्लेखनीय योगदान गरेबापत पत्रकार किलम्बुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले ज्यापू युवा प्रतिभा पुरस्कार प्रदान गर्नुभयो ।
सोही अवसरमा यस वर्षको ज्यापू रत्न पुरस्कर मचाकाजी महर्जनलाई प्रदान गरिएको छ भने वाद्यवादनतर्फ इन्दिरा लाछिमस्यु खेलकुदतर्फ रोजेन प्रजापती, कलातर्फ सितु महर्जनलगायतलाई सम्मान गरियो । संस्थापकतर्फ शंखधर साख्वाका अध्यक्ष ज्ञानराम श्रेष्ठ लगायत विभिन्न संस्था र व्यक्तिहरू सम्मानिकत भएका हुन् ।