
मोरङ । मुसहर समुदायलाई राज्यले उपेक्षा गरेको मुसहर अगुवाहरुको आरोप छ । नेपाल राष्ट्रिय मुसहर संघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा भएको कार्यक्रममा बोल्दै मुसहर समुदायका अभियन्ता सुस्मीता ऋषिदेवले मुसहर समुदायका महिलाहरुको अवस्था नाजुक रहेको बताउनु भयो । उहाँले महिलाहरुको कम उमेरमा विवाह हुने गरेको, शिशु मृत्युदर बढी रहेको, सुरक्षीत अवासको अभावमा विभिन्न प्रकारका समस्या झेल्नु परेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुसहर संघका कोशी प्रदेश अध्यक्ष राजु ऋषिदेवले सरकारले मुसहर समुदायको लागि मुसहर आयोग निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । मुसहर समुदाय दलित र अल्पसंख्यक भएपनि राजनीतिक दलहरुले मुसहर समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र उनीहरुको जीवनस्तर उकास्ने काम गर्न नसकेको आरोप लगाउनु भयो ।