कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री खनाल

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताउँदै मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खनालले मापदण्ड पुनरावलोकन गरिने बताउनुभयो । उहाँले सरकारको बजेट बचाएर अर्थमन्त्री र सचिवले आफ्नो कम्पनीमा लगानी गर्ने सम्भावना नै नहुने स्पष्ट पार्नुभयो ।

बैठकमा राष्ट्रिय सभा सदस्यले बुल्गेरियाबाट हातहतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ मागेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.