प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

एमालेले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच जना न्यायाधीशको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधि सभा विघटनविरूद्धका रिटहरूसँगै राख्न आदेश पनि गरेको छ ।

प्रतिनिधि सभा पुन:स्थापना हुनुपर्ने भन्दै एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गर्नुभएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २७ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

रिटमा नेकपा एमालेले माग गरेअनुसार अन्तरिम आदेश भने सर्वोच्चले जारी गरेन । यसैबीच सुरक्षा निकायमा उच्चपदस्थले निजी निवासमा घरायसी प्रायोजनका सुरक्षाकर्मीलाई फिर्ता गराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.