
काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रदेश संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्रीको प्रस्ताव गरेको छ ।
उर्जामन्त्री कुलमान घिसिङसमेतको उपस्थितिमा काठमाडौंमा पार्टी घोषणा सभा गरिएको हो । नेताहरूले संघीय संरचनामा पनि शासकीय सुधारसहित निर्वाचित प्रधानमन्त्रीले कम्तिमा आधा कार्यकाल सरकार सञ्चालन गर्न पाउने सुनिश्चितताको पनि प्रस्ताव पनि गरिएको छ । नेपाल र नेपालीको भविष्यका लागि पार्टी गठन गरिएको दाबी पनि घोषणा सभामा गरियो ।
कार्यक्रममा बुद्धिजीवी सुन्दरमणि दीक्षितले कार्यकारी प्रधानमन्त्रीको प्रणालीमा जान सुझाव दिनुभयो । मन्त्रालयको प्रशासनिक नेतृत्वमा निजामती सेवा बाहिरबाट विज्ञ नियुक्त गर्ने प्रस्ताव पनि पार्टीले राखेको छ । राष्ट्रिय हित, सुशासन र पारदर्शीताका मुल मुद्दा हुनुपर्ने प्रस्ताव उज्यालो नेपाल पार्टीले गरेको छ ।