
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ ।
शाक्यलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत-सीईओ अशोक शेरचनबारे अनुसन्धान गरिरहेको र शाक्यलाई पनि सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको जनाएको छ ।
सीआईबीले यसअघि प्रभु बैंकका सीईओ शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो । रेमिट्यान्स कारोबार र धरौटीवापतको रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्टचन, सञ्चालक कुसुम लामासहितविरूद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।