रोशनी झा मृत्यु प्रकरण : उजुरी लिन प्रहरीले आलटाल गरेपछि प्रहरी कार्यालय अगाडि परिवारकाे धर्ना

मंसिर १५, २०८२ |अनिल मिश्र
रोशनी झा मृत्यु प्रकरण : उजुरी लिन प्रहरीले आलटाल गरेपछि प्रहरी कार्यालय अगाडि परिवारकाे धर्ना

धनुषा । धनुषाको कटैया-चौरीकी रोशनी झा मृत भेटिएको प्रकरणमा उजुरी लिन प्रहरीले आलटाल गरेको भन्दै परिवार तथा आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका-४ कटैया-चौरी घर भएकी रोशनी पाँच दिनअघि मृत भेटिएकी थिइन् । घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न आलटाल गरेको परिवारको आरोप छ । प्रहरीले रोशनीका पति प्रशान्त मिश्रलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।