कांग्रेसकाे महाधिवेशन विवाद मिलाउन नेताहरू सक्रिय भए पनि जुटेन सहमति

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसकाे महाधिवेशन विवाद मिलाउन नेताहरू सक्रिय भए पनि जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन विवाद मिलाउन नेताहरू सक्रिय भए पनि सहमति भने जुट्न सकेको छैन। 

बिहिबार केन्द्रीय समिति बैठक बस्नुअघि बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँग बिहानदेखि छलफल गर्नुभएको थियो । बुधबारनै विशेष महाधिवेशन पक्षधर समूहले काठमाडौंमा भेला गरेर नेतृत्वको आलोचना गरेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनका लागि दबाब दिइरहे पनि संस्थापन पक्ष निर्वाचनपछि धकेल्ने कसरत छ । काठमाडौंमा बुधबार आयोजित सभामा विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ नेतृत्व चुनेर मात्रै फागुन २१ को निर्वाचनमा जानुपर्नेमा जोडदिए । उनीहरूले नेतृत्वको आलोचना समेत गरे ।

संस्थापन पक्षले भने समय नपुग्ने भन्दै चुनावपछि महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ । महाधिवेशनकै विषयले कांग्रेसको केन्द्रीय समिति बैठक एक महिनाभन्दा बढी चल्दा पनि टुङ्गिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.