एमाले कार्यकर्ता र जेन–जी समूहबीच सिमरामा झडप, कर्फ्यु आदेश जारी

मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले कार्यकर्ता र जेन–जी समूहबीच सिमरामा झडप, कर्फ्यु आदेश जारी

बारा । जिल्ला प्रशासन कार्यालय बाराले जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेन–जी बीच झडप भएपछि स्थानीय प्रशासनले जितपुर–सीमा उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

नेकपा एमालेले बाराको परवानीपुरमा गर्न लागेको जागरण सभामा सहभागी हुन महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउने कार्यक्रम तय भएकै दिन झपडप भएको हो ।

नेताहरु सिमरा विमानस्थल हुँदै बिहान ११ बजे परवानीपुर आउने कार्यक्रम थियो । सोही समयमा जेन-जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन र झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

झडपपछि जेनजी युवाहरुले बिरोध जनाउँदै सिमरा विमानस्थलको गेटमा प्रदर्शन गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.