विपद् व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक : गृहमन्त्री अर्याल

मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद् व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्नेकुरामा सरकार सचेत रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो संकट आउन नदिन संघ, प्रदेश, स्थानीय सरकार र सम्बद्ध सबै पक्षको सहकार्य, प्रतिबद्धता र समर्पणको खाँचो समेत औँल्याउनु भयो । उहाँले शीतलहर र हिमपातका कारण संकटमा परेका समुदाय केन्द्रित पूर्वतयारी र प्रतिकार्य गर्न पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री अर्यालले भन्नुभयो,‘संकटमा रहेका वर्ग, क्षेत्र र समूदाय केन्द्रित पूर्वतयारी तथा प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु । शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस्, देशको चालु विकास प्रक्रिया अवरूद्ध नहोस् । यसका लागि संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य, प्रतिबद्धता र समर्पणको अपेक्षा गरेको छु ।’

गृहमन्त्री अर्यालले हिमपातले देशको चालु विकास प्रक्रिया समेत अवरूद्ध हुने अवस्था आउन दिन नहुने पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.