दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिप्रका काठमाडौंकाे अनुमति

मंसिर २, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिप्रका काठमाडौंकाे अनुमति

काठमाडौं । भक्तपुरबाट सोमबार राति पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । 

कार्यालयले सार्वजनिक शान्तिको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईंलाई अब हिरासतमा राखेर सोधपुछ र थप अनुसन्धान प्रक्रिया अघि बढाइने काठमाडौं प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो । प्रसाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति पक्राउ गरी मंगलबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो । 

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.