
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गर्दै प्रदर्शन गरेको छ ।
शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले जेन-जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाइमा लगौँ, विद्रोहलाई क्रान्तिमा रूपान्तरण गरौँ, भ्रष्टचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रूपहरूसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ, वैदेशिक दलालहरू होसियारलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।