नयाँ स्वरूपमा नेपालगञ्ज विमानस्थल

कार्तिक २८, २०८२ |रेजिना मल्ल
नयाँ स्वरूपमा नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख हवाई गन्तव्य नेपालगञ्ज विमानस्थल अब अत्याधुनिक स्वरूपमा देखिन थालेको छ । 

तोकिएको समयभन्दा करिब डेढ महिना अगावै नयाँ टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछि विमानस्थलको स्वरूप बदलिएको हो । ‘शर्मा एन्ड कम्पनी’ले सन् २०२२ डिसेम्बर १६ मा निर्माण सुरू गरेर २ अर्ब ९८ करोड रूपैयाँमा परियोजना सम्पन्न गरेको हो । 

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजना अनुसार यो काम सन् २०२५ डिसेम्बर १५ सम्म सक्ने लक्ष्य थियो, तर कम्पनीले म्याद सकिनुअघि नै सबै संरचना तयार गरेको छ । तीन तल्लाको अत्याधुनिक भवनमा १४ यात्रु जाँच काउन्टर, तीन भीआईपी कक्ष, चिल्ड्रेन प्लेइङ एरिया, ५४ वटा व्यापारिक कम्प्लेक्स, भन्सार र क्वारेन्टाइन कक्षसहितका सुविधा समावेश छन्। 

पाँच हजार ७४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको भवनले प्रतिघन्टा ६ सय ५० यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।