मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मुलुकमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

 सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो । सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो । मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ । समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजि गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो । उहाँले कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ मुलुकमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिनुभयो ।

समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा सरकारस्ँग छलफल गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.