१ सय ४ वर्ष पुरानो पानढिकी टक्सार खुल्ला गर्न गृहकार्य

कार्तिक २७, २०८२ |विनोद घिमिरे
१ सय ४ वर्ष पुरानो पानढिकी टक्सार खुल्ला गर्न गृहकार्य

धनकुटा । धनकुटा सदरमुकामको सल्लेरीमा रहेको ऐतिहासिक टक्सार घर सर्वसाधारणका लागि खुला गर्न गृहकार्य सुरु भएको छ । त्यसका लागि नेपाली सेना, पुरातत्व विभाग, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला बीच छलफल भएको हो ।

तत्कालीन बडाहाकिम कर्णेल राजशमशेरको पालामा वि.सं १८७८ सालमा संचालनमा ल्याइएको पानीबाट चल्ने टक्सारमा २ र ५ पैसाको ढ्याक छापिन्थ्यो । तर उक्त टक्सार घर सल्लेरीस्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेकभित्र छ । लामो समयदेखि टक्सार घर र भित्रको पर्यटक र अध्यताका लागि खुला गर्नुपर्ने माग उठिरहेको छ । 

तर सुरक्षा संवेदनशीलताका कारण पानढीकी टक्सार सर्वसाधारणलाई भ्रमण, अवलोकनका लागि खुला गरिएको छैन । उक्त टक्सार घर संरक्षण र जिर्णोद्वारका लागि पुरातत्त्व विभागबाट चालू आर्थिक बर्षका लागि ५ लाख रुपैयाँ बिनियोजन भएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।