
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएको छ।
युवा संघका नेताहरू आज दिउँसो साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । महानगर प्रमुख शाहले लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेका दलहरुलाई गालीगलौज गर्दै सार्वजनिक शान्ति खलल हुनेगरी सामाजिक संजालमा स्ट्याटस लेखेको आरोप लगाइएको छ । जाहेरीमा शाहलाई तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।
शाहले विभिन्न देश र नेपालका दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित कार्तिक १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुभएको थियो । केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाए पनि महानगरप्रमुख शाहको आलोचना हुँदै आएको छ ।