
धनकुटा । मौलिक संस्कृति संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनका लागि धनकुटामा वाडाङमेट कोप्चे फेस्टिवल हुँदैछ । धनकुटा नगरपालिका, आठपहरिया समुदाय र कोप्चे पुन:जागरण अभियानले उत्सवको आयोजना गरेका हुन ।
नेपाल पर्यटन बोर्ड र सामुदायिक घरबास कार्यक्रमले पनि उत्सवमा सघाउँने छन । उत्सवमा स्थानीय मौलिक खानाका परिकार, स्थानीय स्तरमा उत्पादन हुने कृषिबस्तु, हस्तकला, परम्परा पोषाकका साथै भाषिक र साँस्कृतिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पाँचदिन सम्म संचालन हुने उत्सव अबधिमा पुराना तस्वीर प्रदर्शनी, सांगीतिक प्रस्तुती र सुकुल संवाद गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउँनुभयो ।
उत्सव सोमबार समापन हुने भएको हो ।