
जनकपुधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले राष्ट्रव्यापी रुपमा संचालन भई रहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम सफलतापुर्बक सम्पन्न गराउन सबैमा अपिल गर्नुभएको छ ।
मधेश प्रदेशको एक सय ३६ वटा स्थानीय तहको सम्पुर्ण वडामा आजदेखि जारी दुई दिवसीय भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यमा सहयोग गर्न मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्पुर्ण कर्मचारी लगायत सरोकारवालाहरुमा मुख्यमन्त्री सोनलले एक सन्देश जारी गर्दै अपिल गर्नुभएको हो ।
आज र भोलि ६ महिना देखि ५ वर्ष मुनीका सबै बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनीका बालबालिकाहरुलाई जुकाको औषधी अलवेन्डाजोल ट्यावलेट खुवाइँदै छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमको सफलताका लागि सरकारले प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरेको छ ।