
धादिङ । धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ ।
गजुरी गाउँपालिकाको गलौदि खोलामा रहेको अनिशा प्लास्टिक उद्योग तथा कवाडी संकलन केन्द्रमा राति २ बजे देखि आगो लागेको थियो । आगो अहिले नियन्त्रण आएको छ । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइनसके पनि १ करोड रुपैयाँ भन्दा धेरै को क्षति भएको प्रारम्भिक अनुमान छ ।
आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।