राष्ट्रिय सभामा रिक्त सदस्य पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

संसद्का पदाधिकारी तथा सदस्यहरुका स्वकीय सचिवालयको दरबन्दी घटाइयो
कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभामा रिक्त सदस्य पदपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ ११ गते आइतबार निर्वाचन गराउने निर्णय गरेको हो । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदैछ । जसमा नेकपा एमालेका आठ, माओवादी केन्द्रका सात, तथा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक सदस्य छन् । यस्तै एक जना मनोनित सदस्यको पनि पदावधि सकिँदैछ ।

यस्तै मन्त्रिपरिषद् बैठकले संसद्‍‌का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक खर्च कम गर्ने गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय पनि गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि हुने कतार भ्रमण पनि स्वीकृत गरेको छ । यस्तै अनलाइन दर्ता र नविकरणसम्बन्धी व्यवस्थाका लागि बनेको छापाखाना र प्रकाशन नियमावली संशोधन स्वीकृत भएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.