प्युठानका गाउँ-गाउँमा सोरठी नाचको रौनक, संस्कृति संरक्षणका साथै पुस्तान्तरणमा समेत टेवा

कार्तिक १०, २०८२ |शमशेरविक्रम जीसी
प्युठानका गाउँ-गाउँमा सोरठी नाचको रौनक, संस्कृति संरक्षणका साथै पुस्तान्तरणमा समेत टेवा

प्यूठान । तिहार सकिइसकेको छ । तर, प्युठानका गाउँ-गाउँमा भने सोरठी नाचको रौनक सकिएको छैन । 

सोरठी नाचमा पाका पुस्तासँगै युवा पुस्ता पनि सहभागि हुने गर्छन् भने गाउँ-गाउँमा प्रतियोगिता नै सञ्चालन हुने गर्छन् । यसले संस्कृति संरक्षण र पुस्तान्तरणमा पनि टेवा पुगेको छ ।

परम्परागत रुपमा चल्दै आएको प्यूठानको सोरठी नाच जिल्लाको पुरानो र ऐतिहासिक नाच हो । अझ ऐरावतीको मारुनी नाच त मध्यपश्चिम क्षेत्रमै चर्चित छ । मगर समुदायको बाहूल्य रहेको प्यूठानका अधिकांश गाउाहरुमा तिहारको समयमा यो नाच नाच्ने गरिन्छ । मगर समुदायमा यो नाच कसरी नाचिन्छ त ?

प्यूठानका मगर समुदायका बस्ती भएका क्षेत्रहरु ऐरावतीको दाङबाङ, सिर्सेनी, जावुने, पकला, नौबहिनी गाउापालिकाको स्याउलीवाङ, खवांग, फोप्ली, लिघा, डाम्री, गौमुखीको रजवारा, अर्खा र माण्डवी गाउापालिकाको तिरामलगायत क्षेत्रमा सोरठी नाच नाच्ने गरिन्छ । गाउागाउामा पाका पुस्तासंगै युवापुस्ता एक आपसमा सोरठी नाच नाच्ने हुादा पुराना पुस्ताबाट नयाा पुस्तामा यो संस्कृति पुस्तान्तरण भैरहेको छ । जसले संस्कृति संरक्षणमा टेवा पुगेको छ ।

तिहारपछि जिल्लाका बिभिन्न ठाउामा देउसी भैलो र सोरठी नाचको प्रतियोगिता नै सञ्चालन हुने गरेको छ । यस्ता प्रतियोगितामा सयांैको संख्यामा गाउागाउाबाट दर्शकहरु आउने हाुदा एक ठाउाको संस्कृति अर्काे ठाउामा सहजै पुग्ने गरेको छ । बुढापाकादेखि युवायुवतीसम्म जम्मा भएर नाचिने सोरठी नाचले पछिल्लो समयको आधुनिकतामा पनि संस्कृति जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीयको भनाइ छ ।

परम्परागत गीत, संगीत र कला हाम्रो चिनारी हो । संस्कृतको संरक्षण गरेमात्रै हाम्रो पहिचान रहिरहन्छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।