
मनाङ । जिल्ला प्रसासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले २०८२ कात्तिक १० गते जारी गरेको विशेष मनसुन बुलेटिनमा २०८२ कात्तिक १२ गते बिहानसम्म गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षा तथा भारी हिमपातको प्रक्षेपण गरे पछि जिल्ला प्रसासन कार्यालय मनाङले सूचना प्रकाशित गरी सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस मनाङ जिल्ला वा मनाङ हुँदै गरिने थोरङ्गालापास, लार्केपास, काङ्लापास, तिलिचो, लमजुङ हिमाललगायतका स्थानहरूमा पदयात्रा गर्दा तथा हिमलुङ हिमाल, लमजुङ हिमाललगायतका हिमालहरू आरोहण गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौडेलद्वारा हस्ताक्षरीत सूचनामा अवस्थाको मध्यनजर गर्दै माथिल्लो मनाङमा विपद् पुर्वतयारी र उद्धारको लागि उद्धार उपकरण, आवश्यक स्वास्थ्य समाग्री, स्वास्थ्यकर्मीसहितको सुरक्षाको थप जनशक्तिसमेत परिचालन गरिएको छ उल्लेख गरिएको छ ।
पर्यटकलाई पदयात्रामा निस्कनुअघि वा पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धीत स्थानिय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानिय प्रशासनलाई तुरून्त जानकारी गराउन समेत भनिएको छ ।