निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस् : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिनुभएको छ ।

सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गर्नुभएका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताउनु भयो । 

निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न उहाँले आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरू सुरू हुने बताउनु भयो ।

सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.