काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा भएको अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको बैठकबाट अपेक्षित उपलब्धि नभएको संकेत गर्नुभएको छ ।
ट्रम्पले युक्रेनलाई चाहिएको टोमाहक क्रूज मिसाइल आपूर्ति गर्न तयार नभएको जेलेन्स्कीले संकेत गर्नुभएको हो । मैत्रीपूर्ण द्विपक्षीय भेटमा ट्रम्पले लामो दूरीका मिसाइलबारे छलफल गरे पनि अमेरिकाले यस विषयमा चासो नदेखाएपछि त्यस विषयमा कुनै सार्वजनिक वक्तव्य नदिने निर्णय भएको जेलेन्स्कीले बताउनुभयो ।
बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत कीभ र मस्कोलाई जहाँ छन् त्यहीँ रोकिन र युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । ट्रम्प-जेलेंस्कीको बैठक ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरी चाँडै हंगेरीमा भेट्ने सहमति जनाएलगत्तै भएको हो ।