काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको बताउनुभएको छ ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा शनिबार शीतल निवासमा गम्भीर छलफलपछि सामाजिक सञ्जाल एक्समा उहाँले निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको उल्लेख गर्नुभएको भएको हो ।
साथै उहाँले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन समेत आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ– फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।