महोत्तरीमा ७० औं प्रहरी दिवस मनाईयो

आश्विन ३१, २०८२ |विकास आर्या
 महोत्तरीमा ७० औं प्रहरी दिवस मनाईयो

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नेपाल प्रहरीको ७० औं प्रहरी दिवस भब्यताका साथ मनाएको छ। यस अवसरमा अमर प्रहरी परिवारहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरीलाई समाजिकरुपमा सहयोग गर्ने संघ संस्था लगायत बुद्धिजिवीलाई सम्मान गर्नुका साथै उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसाल, सशस्त्र प्रहरी गण न. ९ का गनपति लगायत उद्योगी ब्यवसायी, पत्रकार , अमर प्रहरीका परिवार, प्रहरी कमचारीहरुको सहभागी रहेको थियो।

वि.स. २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२ लागु भएको दिन असोज मसान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरि मनाउँदै आएको हो।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।