मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण

आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण

जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच लोसपा नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सपथ  लिनुभएको हो । उहाँले भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । 

प्रदेश प्रमुख भण्डारीले सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार साँझ पाँच दलका ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.